event logo

पीङाकगु नेपालभाषा साहित्य तःमुंज्या

असोज १८–१९ गते, न:पुखु, ख्वप

Loading...

४५ औं नेपालभाषा साहित्य तःमुंञ्याको अपिल !

‘जनता म्वा:सा: भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारालाई लिएर भक्तपुर नगरका टोल–टोलामा नेपालभाषा साहित्य तःमुंज्या हुँदै आएको हो । यो वर्ष नेपाल सम्बत् ११४५ कौलाग द्वादशी र त्रयाेदशी (वि.सं. २०८२ असोज १८ गते र १९ गते) का दिन भक्तपुरको वडा नं. २ इटाछेँ टोलको नःपुखु परिषरमा ४५ औं तःमुंज्या हुने जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।

हाम्रो भाषा, साहित्य र कला संस्कृति सँगसँगै अगाडि बढाउने एवम् देश विदेशका समस्यासँग सम्बन्धित राजनीतिक विषयमा जनतालाई सचेत पार्ने उद्देश्य लिएर नेपालभाषा साहित्य तःमुंञ्या स्थापन भएको हो । तःमुंज्याको डबली साहित्यिक सँगसँगै राजनीतिक चेतना दिने डबली पनि हो । यस डबलीले कामदारवर्गको हकहितको निम्ति आवाज उठाउँदै आएको छ । हरेक वर्ष कामदारवर्गका साहित्यकारहरु तयार हुँदै आएका छन् ।

नेपालभाषा साहित्य तःमुंज्याको डबलीमा अन्याय, अत्याचार, भ्रष्टाचार, सहकर्मी ठगी, नक्कली भुक्तानी शरणार्थी, गिरिबन्ध टी स्टेट, भिजित भिसा मिशन, म्यान पावरको नाउँमा मानव तस्कर, ललिता निवास जग्गा प्रकरण, पतांजली जग्गा हिनामिन, अमेरिकी नीति र कानुन पालन गर्नुपर्ने एमसीसी परियोजना, भारतीय विस्तारवाद तथा एकाधिकार पुंजीद्वारा नेपालमा सीमा अतिक्रमण र राजनीतिक हस्तक्षेप, विश्वभरि अमेरिकि साम्राज्यवाद व्यापार युद्ध, इजरायलले सिरिया, इरान र प्यालेष्टिनमा गरेको जातीय दमन एवम् भूमि कब्जा तथा युक्रेनलाई हतियार दिएर अमेरिकाले थाेपरेकाे युक्रेन युद्धको विरोधलगायत विविध विषयमा साहित्यिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । यो साहित्यकारहरुको कर्तव्य पनि हो ।

नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, महिला, उद्योगी, व्यापारी, कर्मचारी लगायतको सहयोग र सहभागिता सदाझै जरुरी छ । दाजुभाइ, दिदीबहिनीहरूमा यस अगाडिझैँ यो वर्ष पनि आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुन विनम्र अनुरोध छ ।

कार्यक्रम तालिका

असोज १८ गते, शनिबार (कौलाथ्व द्घादशी)

कार्यक्रम वक्ता / प्रस्तोता
स्वागत गान आयोजक
स्वागत मन्तव्य श्री रविन्द्र खर्बुजा (अध्यक्ष, आयोजक समिति)
कार्यक्रम उद्घाटन श्री जगतलाल खर्बुजा (सांस्कृतिक गुरु, तवाख्वा शाखा)
सभापति श्री राजेन्द्र हाडा (वरिष्ठ इन्जिनियर)
बीच बीचमा लेख रचना र सांस्कृतिक प्रस्तती विभिन्न साहित्यकार व्यक्तित्वहरुबाट
बीच बीचमा राजनीति, संस्कृति र साहित्य बिषयमा मन्तव्य विभिन्न अतिथिहरुबाट
सम्मान कार्यक्रम विशिष्ट व्यक्तित्वहरु
प्रमुख अतिथि श्री नारायणमान बिजुक्छें (अध्यक्ष, नेमकिपा)
मूल समारोह समितिका अध्यक्षको मन्तव्य श्री आशाकुमार चिकंबन्जार (अध्यक्ष, मूल गुथि)
सभापतिको मन्तव्य र भोलिसम्मको लागि कार्यक्रम स्थगित
बेलुकी ७ः०० बजेदेखि सांस्कृतिक कार्यक्रम

असोज १९ गते, आइतबार (कौलाथ्व त्रयोदशी)

कार्यक्रम वक्ता / प्रस्तोता
स्वागत गान आयोजक
स्वागत मन्तव्य श्री श्यामसुन्दर मातां (उपा–अध्यक्ष, आयोजक समिति)
सभापति श्रीमति देवीका दनेखु (अध्यक्ष, नेपाल नर्सिङ्ग समाज)
बीच बीचमा लेख रचना र सांस्कृतिक प्रस्तती विभिन्न साहित्यकार व्यक्तित्वहरुबाट
बीच बीचमा राजनीति, संस्कृति र साहित्य बिषयमा मन्तव्य विभिन्न अतिथिहरुबाट
सम्मान कार्यक्रम सांस्कृतिक गुरु र समाजसेवीहरु
कोषाध्यक्षको प्रतिवेदन श्री प्रनेश बाटी (कोषाध्यक्ष, आयोजक समिति)
धन्यवाद मन्तव्य श्री राजन जति (सचिव, आयोजक समिति)
पुरस्कार वितरण कार्यक्रम श्री नारायणमान बिजुक्छें (अध्यक्ष, नेमकिपा)
खुसी व्यक्त श्री नरेश खत्री (उपाध्यक्ष, मूल गुथि)
सभापतिको मन्तव्य सहित औपचारिक कार्यक्रम समापन घोषणा
बेलुकी ७ः०० बजेदेखि सांस्कृतिक कार्यक्रम

भिडियो

समाचार

स्थान

Venue

न:पुखु, भक्तपुर नगरपालिका वडा नं २

📍 View on Google Maps